arjansaccos@gmail.com
 टोखा - १०, सामाखुशीचोक, काठमाडौं
०१ ४३८३७३०, ४३८६९५७

बचत (Saving)

यस सहकारी संस्थाको सदस्यता लिई सकेपछि सदस्यले नियमित मासिक बचत अनिवार्य गर्नु पर्दछ साथै सदस्यले संस्थाले थप्रस्तुत गरेका अरु पनि बचत योजनाहरुमा भाग लिन सक्दछ अथवा एकै सदस्यले आफुलाई अनुकुल हुने धेरै बचत योजनाहरुमा भाग लिन सक्दछ ।

सदस्यहरुका लागि संस्थाले निम्न प्रकारका बचत योजनाहरु प्रस्तुत गरेको छ ।

क) मासिक बचत :

हरेक मानिसले आफ्नो जिवनमा मासिक बचत गर्नु सैदान्तिक रुपमा नै अनिवार्य छ । हरेक मानिसले आफनो आयको कम्तिमा १० प्रतिशत रकम भविष्यका लागि बचत गर्नु पर्दछ । कमाएर मानिस धनी बन्ने होइन धनी बन्नका लागि त उसले कमाएको नियमित बचत गर्न सक्नु पर्दछ । नियमित बचत गर्दा कसरी धनी बन्न सकिन्छ भन्ने कुरा तल उदाहरणमा दर्साइएको छ ।
संस्थाको हरेक सदस्यका लागि मासिक बचत अनिबार्य छ । मासिक बचत प्रत्येक महिनाको १ पटक गर्नु पर्दछ र हरेक महिना यो रकम एउटै हुनु पर्दछ । सदस्यले आफ्नो सामथ्र्य हेरी मासिक बचत रकम आफैले तोक्नु पर्दछ । मासिक बचत रकम वर्षभरिको एकै पटक पनि बचत गर्न सकिन्छ । जस्तैः रु.५०० मासिक बचत गर्नेले एक वर्षको एकमुष्ठ रु.६००० जम्मा गर्न सक्दछ । यसरी जम्मा भएको बचतमा बचत गरेकै दिनदेखी तोकिएको ब्याजदरले ब्याज गणना हुन्छ ।
भविष्यका लागि भनेर गरिएको यस्तो बचत जतिबेला मन लाग्यो तेतीबेला झिक्न हुँदैन । तर यो आफ्नो बचत भएकोले निम्न अत्यावस्यक अवस्थामा भने झिक्न सकिन्छ ।
क) संस्थाको सदस्यताबाट राजीनामा दिएको वा निस्कासन गरिएको अवस्थामा ।
ख) दैवी प्रकोपका समयमा आवस्यकता अनुसार ।
ग) जटिल रोग लागि उपचारर्थ खर्च गर्नु परेमा ।
घ) आय आर्जनको अन्य कुनै श्रोत नभएको अवस्थामा ।
ङ) बृद्धाबस्थामा मासिक ब्याज लिन सकिन्छ ।

नियमित बचत गर्दा कसरी धनी बन्न सकिन्छ भन्ने कुराको उदाहरण ।

नियमित मासिक बचत  रु १०० गर्दा  ५० बर्ष पछी जम्मा हुने जम्मा साँवा ब्याज रकम रु. २४,४७,०३८ ।०८

नियमित मासिक बचत  रु ५०० गर्दा  ५० बर्ष पछी जम्मा हुने जम्मा साँवा ब्याज रकम रु. १,२२,३५,१९० ।४०

नियमित मासिक बचत  रु १,००० गर्दा  ५० बर्ष पछी जम्मा हुने जम्मा साँवा ब्याज रकम रु. २,४४,७०,३८० ।७९

नियमित मासिक बचत  रु १०,००० गर्दा  ५० बर्ष पछी जम्मा हुने जम्मा साँवा ब्याज रकम रु. २४,४७,०३,८०७ ।९३

 

ख) साधारण बचत

संस्थाका सदस्यले कुनैवेला रकम राख्न र झिक्न सक्ने सुविधा भएको बचत खाता साधारण बचत खाता हो । यस बचत खातामा रु १०० मात्र न्युनतम बचत राखेर कारोवार गर्न सकिन्छ ।

ग) नारी बचत

नारीलाई सम्मान स्वरुप व्यवस्था गरिएको बचत खाता नारी बचत खाता हो । यसमा ब्याजदर साधारण बचत खातामा भन्दा बढि हुन्छ । यस खातामा रकम जुनसुकैवेला राख्न र झिक्न सकिन्छ ।

घ) बाल बचत १६ वर्षे योजना

सदस्यका परिवारका बाल बालबालिकाहरुका लागि संचालनमा ल्याइएको बचत खाता बाल बचत खाता हो जसमा खातावाला १६ वर्ष नपुगुन्जेल सम्म बचत गर्दै जानु पर्छ र खातावाला १६ वर्ष पुगे पछि मात्र उक्त बचत रकम झिक्न पाईन्छ । बाल बालिकाहरुलाई सानै उमेरदेखी बचत गर्न बानी बसाल्न प्रोत्साहन स्वरुप यस खातामा संस्थाले आकर्षक ब्याजदर प्रदान गरेको हुन्छ ।

ङ) आर्जन बचत

यस खातामा सदस्यहरुले साधारण बचत खातामा भन्दा बढि ब्याज प्राप्त गर्दछन् । तर यस खातामा न्युनतम मौज्दात रु. १०००। ०० कायम गर्नु पर्दछ । यस खातामा कुनै पनि बेला रकम राख्न र झिक्न सकिन्छ ।

च) जेष्ठ नागरिक बचत

६० वर्ष पुगेका जेष्ठ नागरिकलाई सम्मान स्वरुप अन्य खाताहरुमा भन्दा बढि ब्याजदर प्रदान गर्न यो खाता खोलिन्छ । जेष्ठ नागरिकहरुलाई सहजताका लागि यस खाताको ब्याज घरमै पुरयाउने सेवा दिइन्छ ।

छ) सदस्य सुलभ बचत

संस्थामा रु.२५००० भन्दा बढि शेयर खरिद गरेका सदस्यहरुका लागि विषेश बचत खाता खोल्ने व्यवस्था गरिएको छ । यस खातामा साधारण खातामा भन्दा बढि ब्याज प्रदान गरिन्छ । यस खातामा जुनसुकैवेला रकम राख्न र झिक्न सकिन्छ ।

ज) खुत्रुके बचत

यस खातामा सदस्यलाई संस्थाले खुत्रुके प्रदान गर्दछ । यस खाताको ३ वर्षको अवधि हुन्छ । संस्थाका कर्मचारीले साप्ताहिक वा मासिक रुपमा खुत्रुके खोली खुत्रुकेमा जम्मा भएको रकम खातावालाको खातामा जम्मा गरिन्छ र ३ वर्ष पछि मात्र सदस्यलाई उक्त रकम भुक्तानी गरिन्छ ।

झ) ३ महिने आवधिक बचत

यस खातामा क्रमिक रुपमा ३ महिना सम्म बचत गर्नु पर्दछ र ३ महिना पछि एकमुष्ठ साँवा ब्याज रकम भुक्तानी गरिन्छ ।

ञ) ६ महिने आवधिक बचत

यस खातामा क्रमिक रुपमा ६ महिना सम्म बचत गर्नु पर्दछ र ६ महिना पछि एकमुष्ठ साँवा ब्याज रकम भुक्तानी गरिन्छ ।

ट) १ वर्षे आवधिक बचत

यस खातामा क्रमिक रुपमा १ वर्ष सम्म बचत गर्नु पर्दछ र १ वर्ष पछि एकमुष्ठ साँवा ब्याज रकम भुक्तानी गरिन्छ ।

ठ) ३ वर्षे आवधिक बचत

यस खातामा क्रमिक रुपमा ३ वर्ष सम्म बचत गर्नु पर्दछ र ३ वर्ष पछि एकमुष्ठ साँवा ब्याज रकम भुक्तानी गरिन्छ ।

ड) ३६५ दिने क्रमिक बचत

यस खातामा नियमित रुपमा दैनिक एक निस्चित किस्तामा बचत ३६५ दिन सम्म गर्नु पर्दछ । यस खातामा किस्ता रकम छुटाउन पाइदैन । यदि छुटिहाल्यो भने पनि पछि १ किस्ताभन्दा बढि किस्ता खप्टयाई बचत गर्न पाईदैन बरु जति किस्ता छुटेको त्यतिनै दिन भुक्तानी अवधि पछाडी सर्दछ । यस खातामा दैनिक किस्ता रकमको २५ किस्ता रकम ब्याज स्वरुप थप गरि एकमुष्ठ रकम भुक्तानी गरिन्छ ।

ढ) समृद्धि बचत

सदस्यहरुलाई कुनै सम्पत्ति खरिदका लागि प्रोत्साहन गर्न यस खाताको व्यवस्था गरिएको छ । सदस्यले कुनै निश्चित सम्पत्ति खरिद गर्ने उदेश्य राखी निश्चित समय सम्म बचत जम्मा गर्दै जानु पर्दछ । अन्तमा एकमुष्ट वा आवस्यक रकम भुक्तानी गरिन्छ । संस्थाले यस खातामा आकर्षक ब्याजदर प्रदान गर्दछ ।