arjansaccos@gmail.com
 टोखा - १०, सामाखुशीचोक, काठमाडौं
०१ ४३८३७३०, ४३८६९५७

संस्थाको परिचय

आर्जन बचत तथा ऋण सहकारी संस्था लि. एक प्रारम्भीक बचत तथा ऋण सहकारी संस्था हो । यो संस्था २०६५ साल जेष्ठ ९ गते स्थापना भएको हो । यस संस्थाले आफनो कार्यक्षेत्र भित्र सदस्यहरु विस्तार गरी सहकारीको अन्तराष्ट्रिय मान्यता अनुसार सदस्यहरु विच बचत तथा ऋणको कारोवार गर्दछ । “समृद्ध जिबनका लागि सहकार्य” यस संस्थाको मुल नारा हो । सदस्यहरुको आर्थिक समृद्धिका लागि संस्थाले सदस्यमुखी कारोवारमा जोड दिंदै आइरहेको छ र यसैबाट समाजको आर्थिक सामाजिक रुपान्तरण हुन्छ भन्ने कुरामा हाम्रो विश्वास छ ।

संस्थाको विनियम अनुसारको योग्यता पुगेका जो कोहीले संस्थाको कम्तिमा रु.१०० को (१ कित्ता) शेयर खरिद गरी सदस्यता लिएपछि यस संस्थामा कारोवार गर्न सक्दछ । सदस्यहरुलाई बचत गर्ने बानी बसाल्नका लागि संस्थाले प्रोत्साहन गर्दछ र नियमित मासिक बचत लगाएतका थुप्रै प्रकारका बचत योजनाहरुमा सहभागी गराई बचत कारोवार गराउँदछ । सदस्यहरुबाट संकलित बचत रकम संस्थाले सदस्यहरुकै उद्यमशिलता र ब्यवसाय प्रबर्धनका लागि ऋण स्वरुप लगानी गर्दछ । संस्थाले विपन्न वर्ग तथा महिलाहरुको लागि समुहगत लगानी वा लघुवित्त कार्यक्रम पनि संचालन गरिरहेको छ ।

यो सहकारी संस्था सामाजिक कार्यहरुमा पनि सकृय छ । यस संस्थाल् आफनो कार्यक्षेत्र भित्र टोल सरसफाई र चक्रपथ सरसफाई, एस.इ.इ.उतिर्ण विद्यार्थीहरुलाई सम्मान, रक्तदान कार्यक्रम र समाजमा उत्कृष्ट उद्यमशील महिलाहरुलाई सम्मान तथा पुरस्कार वितरण जस्ता सामाजिक कृयाकलापहरु गर्दैे आइरहेको छ । समुदाय र विभिन्न संघ संस्थाहरुमा संस्था आफैं उपस्थीत भै सदस्यहरुका लागि वित्तिय साक्षरताको कार्यक्रमहरु साथै विभिन्न शिपमुलक र उद्यमशिलता संबन्धि तालिमहरु पनि संचालन गर्दै आइरहेको छ ।

संस्थामा अनुभवी संचालक समिति र कुशल व्यवस्थापन रहेको छ र कार्यालयबाट सदस्यहरुलाई प्रदान गर्ने सेवा छिटो छरितो बनाइएको छ । संस्थाको आफनै मोबाइल एप छ र सो एप प्रयोग गरी सदस्यहरुले घरैमा वसी धेरै किसीमको कारोबारका सुविधाहरु लिन सक्दछन् ।

संस्थामा ५ हजार भन्दा बढि सदस्य रहेका छन् । विगत १२ वर्ष देखी लगातार सदस्यहरुको सेवामा समर्पित यस संस्थाले सदस्यहरुको मन जित्न सफल भएको छ र संस्था आफनो क्षेत्रमा समुदायको प्रथम छनौटको सहकारीको रुपमा स्थापित भएको छ । संस्थाकोे बार्षिक वित्तिय विवरण (अडिट रिपोर्ट) यसको वेवसाइट www.arjansaccos.com.np मा प्रकाशित छ । साथै संस्थाको बारेमा थप जानकारी संस्थाको कर्मचारीबाट वा फेसबुक पेज Arjan Saccos बाट वा संस्थाको कार्यालयमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।

 

कार्यक्षेत्र : यस संस्थाको कार्यक्षेत्र ५ वटा साविकका गा.वि.स.हरु गोगबुं, धापासी, मनमैजु, गोलढुंगा, र फुटुङ रहेका छन् । हाल उक्त क्षेत्र टोखा नगरपालिका र तारकेश्वर नगरपालिका भित्र पर्दछन ।

परिकल्पना : समृद्ध र समुन्नत समाज निर्माण ।

ध्येय : सहकार्यबाट आर्थिक विकास, आर्थिक विकास बाट सदस्यहरुको सर्वपक्षिय विकास ।

उद्देस्य :यस संस्थाको देहाय वमोजिमका उद्देस्यहरु छन ।
१) संस्थामा संलग्न सदस्यहरु वीच स्वाबलम्वन, पारस्परिक सहयोग एवं मितव्ययीताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानी प्रबद्र्धन गर्ने ।
२) सदस्यहरुको व्यक्तिगत क्षमताको विकास गर्ने तथा उनीहरुको उत्पादन, व्यवसाय तथा पेशाको अभिबृद्धिका लागि बचत परिचालन गर्ने ।
३) सदस्यहरुको प्राथमिक आवस्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशिल, आयमुलक, सीपमुलक क्षेत्रमा लगानी व्यवस्थापन कार्यको प्रवद्र्धन गर्ने ।

आवद्धता : यस संस्था निम्नानुसारको संघ संस्थाहरुसंग आवद्ध छ ।
क) जिल्ला सहकारी संघ काठमाडौं ।
ख) नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफस्कुन) ।
ग) राट्रिय सहकारी बैंक लि. ।
घ) काठमाडौ बचत तथा ऋण सहकारी संघ (कास्कुन) ।

ङ) यसियाली ऋण महासङ्घ ।