arjansaccos@gmail.com
 टोखा - १०, सामाखुशीचोक, काठमाडौं
०१ ४३८३७३०, ४३८६९५७

आर्जन सकोस वतृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं । काठमाडौंको सामाखुशीमा अवस्थित यस आर्जन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा जश्मिन अधिकारी प्रथम, कृश्टिना न्यौपाने द्धितीय र शिलता शर्मा तृतीय भएका छन् ।
आज भएको सो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेहरुले क्रमशः १५ हजार, ७ हजार र ४ हजार नगद पुरस्कार जितेका थिए । कार्यक्रममा शास्वत अर्याल, शुसील शर्मा, शुसम्भव खनाल, शिलता थापा, रोशन घले, प्रतिक्षा शर्मा, दिप्सन श्रेष्ठ लगायत २६ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
ती २६ जनाबाट छानिएका १० प्रतियोगिलाई फाइनलमा प्रतिष्पर्धा गराइएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति डिबी आलेले विद्यार्थीहरुमा श्रृजनशीलता विकास गर्न र सहकारीका सदस्यहरुमा बचतको महत्वको विषयमा जनचेतना वृद्धि गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
त्यस्तै उपाध्यक्ष लिलाधर सापकोटाले यस्ता कार्यक्रम बेलाबेलामा आयोजना गर्नसके नयाँ पुस्ताका सदस्यहरुलाई जागृत गर्न सकिने धारणा राख्नु भएको थियो ।वतृत्वकला प्रतियोगिताको वरिष्ठ सञ्चाकर्मी तथा अरनिको टेलिभिजनका निर्देशक इश्वर ढकाल, प्राध्यापक तथा लेखक आशाकाजी महर्जन र युवा उद्यमी तथा गोलमिडिया खबरका सञ्चालक जीवन बुढामगरले प्रतियोगिताको मूल्यांकनको भूमीका निर्वाह गरेका थिए । प्रतियोगितामा कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरु सहभागि थिए ।